नेपालको सार्वजनिक यातायात र आवागमन क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जीआईजेडको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (एसईटी४एनपीएल) परियोजनाबीच सम्झौता भएको छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र परियोजनाका कार्यक्रम प्रबन्धक डिएगो सिनियरले हस्ताक्षर गरेका हुन्।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

नेपालपे क्युआर, नेपालपे कार्ड र कनेक्टआईपीएसलाई टिकट प्रणाली, आवागमनसम्बन्धी एप र भुक्तानी उपकरणसँग जोड्ने सम्भावना अध्ययन गरिनेछ। यात्रुले एउटै प्रणालीबाट डिजिटल भुक्तानी गर्न सक्ने ओपन-लुप टिकटिङ पनि यसको उद्देश्यमा छ।

एनसीएचएलले एकीकरण, परीक्षण र सञ्चालनका लागि एपीआई, प्राविधिक कागजात र सहयोग उपलब्ध गराउनेछ।

उक्त परियोजनाले ३,५०० भन्दा बढी विद्युतीय मिनी र माइक्रो बस सञ्चालनलगायत नेपालको विद्युतीय सार्वजनिक यातायात क्षेत्रलाई सहयोग गरिरहेको छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

स्रोत: ShareSansar