काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आईसीसी एसिया सम्मेलन बिहीबार (नोभेम्बर १९) देखि २१ सम्म नेपालमा हुँदैछ। सम्मेलनमा एसियाली क्षेत्रका क्रिकेट प्रशासकहरू सहभागी हुनेछन्।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

क्यानका सचिव पारस खड्काले यो सम्मेलनले नेपाली क्रिकेटको संरचनागत विकासमा नयाँ आयाम थप्ने बताएका छन्।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502

विश्वकप छनोट प्ले–अफ डिसेम्बरमा

सम्मेलनलगत्तै नेपालले अर्को ठूलो प्रतियोगिताको तयारी गरिरहेको छ। आईसीसी मेन्स क्रिकेट विश्वकप छनोट प्ले–अफ डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा हुनेछ। नेपालले प्ले–अफको सुरुवाती खेल इटालीसँग खेल्नेछ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म हुनेछ। उक्त विश्वकपमा १४ टोलीबीच ५७ खेल हुनेछन्।

एनपीएल अन्तिम चरणमा

यता, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पनि अन्तिम चरणमा पुगेको छ। मंगलबारदेखि प्ले–अफ सुरु भएको प्रतियोगिता नोभेम्बर २१ सम्म चल्नेछ। लगातार ठूला प्रतियोगिताको आयोजनाले नेपाललाई एसियाकै क्रिकेट गन्तव्यका रूपमा स्थापित गर्दै लगेको छ।

विज्ञापन — विज्ञापन बुकिङ 9823153502